Mansara

चलचित्र ‘आरुसी’को गीत सार्वजनिक

२०७५ चैत्र १८
चलचित्र ‘आरुसी’को गीत सार्वजनिक

चलचित्र ‘आरुसी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मरे भने मरेको पल’ बोलको गीत सामाजिक सञ्जाल युट्युबमार्फत रिलिज गरिएको हो । तारा प्रकाश लिम्बुको संगीत तथा दिनेश राउतको शब्द रहेको गीतमा दीपक लिम्बु र अन्नु चौधरीको स्वर छ भने दिनेश पाख्रिनको कोरियोग्राफी रहेको छ ।

उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक गीतमा इशक राई र कला राईलाई फिचर्ड गरिएको छ । चलचित्रमा इशक र कलाका अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देनलगायतका कलाकारको अभिनय रहेको छ ।

विक्रम डिसीको छायाँकन, सुजन बडालको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा समबाद रहेको चलचित्र गणपति फिल्मस्को व्यानरमा निर्माण भएको हो । चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले निर्माण गरेका हुन् ।

Mahajatra