Missing Movie Online

चलचित्र ‘होस्टेल ३’मा आर्यन अनुबन्धित

२०८१ भाद्र २६
चलचित्र ‘होस्टेल ३’मा आर्यन अनुबन्धित

यसै साता छायाङ्कनमा जान लागेको चलचित्र ‘होस्टेल ३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्ष र सिग्देलबीच बुधवार सम्झौता भएको हो । 

चलचित्रमा आर्यन वार्डेनको भूमिकामा देखिनेछन् । निर्देशक सशान कँडेल पछिल्लो समय अत्यन्तै व्यस्त हुँदा पनि आर्यनले काम गर्न लागेकोमा खुसी देखिए। कँडेलको अनुसार उनले निभाउने भूमिका चलचित्रको मेरुदण्ड हो ।

सिग्देलसँगै अभिनेत्री परीक्षा लिम्बु पनि चलचित्रमा अनुबन्धित भएकी छन् । निर्देशक कँडेलले उनले विशेष भूमिकामा अभिनय गर्ने जानकारी दिए ।

Jwai Sap
Aktor
Kumari Bank