Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग जोडी पक्का

२०८० चैत्र १४
‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग जोडी पक्का

नायिका नीति शाहसँग चलचित्र ‘रुखान’मा नायक आर्यन अधिकारीले जोडी बाध्ने पक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा निर्माण पक्षले आर्यनलाई भित्राएको हो ।

अब, चलचित्रको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाध्ने भएका छन् । निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् ।  यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।

चलचित्रलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ । चलचित्रमा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको चलचित्रका कार्यकारी निर्माता कलाकार सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद छ ।

चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्र निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

Kumari Bank