‘ऐंचो पैंचो’लाई दर्शकको दरिलो साथ

जनैपूर्णिमाको अवसर पारेर बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऐंचो पैंचो’ले सुखद् सुरुवात गरेको छ । बिहिबार भन्दा चलचित्रको ब्यापार शुक्रबार थप आक्रामक देखिएको छ । दर्शकहरुमा नयाँ चलचित्र रिलिज हुने भनेकै शुक्रबार हो भन्ने छाप रहेकोले पनि आजबाट ब्यापार थप आक्रामक देखिएको बुझिन्छ ।
निर्देशक कृषा चौलागाई सहित अभिनेत्री स्वस्तिमा खड्का, बर्षा राउत, अभिनेता कोशिस क्षेत्री र सुशिल सिटौलाले बिभिन्न हलहरुमा पुगेर दर्शक प्रतिक्रिया समेत लिएका छन् । जहाँ निर्माण टिमले दर्शकहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । माउथ पब्लिसिटीमा पनि अब्बल नै देखिएका कारण चलचित्रको शनिबार थप बढ्ने सम्भावना देखिन्छ । त्यसो त विहिबार जनैपूर्णिमा, शुक्रबार गाइजात्रा र शनिबार समेत गरि तिन दिन सार्वजनिक बिदा भएकोले त्यसको प्रत्यक्ष लाभ चलचित्रको व्यापारमा देखिन्छ ।
चलचित्रले प्रसतुत गरेको राजनीतिक कथालाई दर्शकहरुले रुचाएका छन् ।
तस्वीर : ज्ञानु राई

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi