‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने

यही माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् ।
यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि चलचित्र ‘एक्टर: टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । पोस्ट गर्दा यस चलचित्रका ह्यान्डलहरू फेसबुकमा aktornepalifilm, इन्स्टाग्राममा aktorthefilm र टिकटकमा aktornepalifilm लाई ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा #AKTORMAGH16 लेख्नुपर्ने जनाइएको छ ।
यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई चलचित्रको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि चलचित्र रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म रहने छ । यस कन्टेस्टको लागि ‘एक्टर: टेक वन’का कलाकार प्रदिप खड्काले विजेता घोषणा गर्नेछन् ।
हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको चलचित्र युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । हालसम्म ट्रेलरलाई पच्चीस लाख भन्दा धेरैले युट्युबमा हेरेका छन् भने नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ ।
राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya