अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को छायाँकन सुरु

चलचित्र ‘ए मेरो हजुर ४’को छायाँकन सुरु गरिएको छ । शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभसाइत गरि छायाँकन आरम्भ गरिएको हो ।
झरना थापाको निर्देशन रहने चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहने छ ।
सुनिलकुमार थापाको निर्माण रहने चलचित्रको छायाँकन काठमाडौं, ललितपुर र पोखरामा हुने छ । ३० दिने छायाँकन सेड्युल तय गरेको निर्माण युनिट शुक्रबार नै पोखरा प्रस्थान गरेको छ । अमेरिका, युरोप र ओमानमा चलचित्रको गीत छायाँकन गरिने जनाइएको छ ।
सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्र आगामी वर्षको फूलपातीमा रिलिज हुने जनाइएको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi