टिकटक गर्लको ‘अमिलो निबुवा’ सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ १३
टिकटक गर्लको ‘अमिलो निबुवा’ सार्वजनिक

टिकटक क्वीन भनिने जुम्ल्याहा दिदी बहिनी प्रिज्मा–प्रिन्सी खतिवडा र दीपा–दमन्ता श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘अमिलो निबुवा’ सार्वजनिक भएको छ । जीवन रसाईलीको निर्देशन रहेको भिडियोमा यि दुई जुम्ल्याहा दिदी बहिनीको साथमा शिशिर भण्डारी र मिलन शंकरको पनि अभिनय रहेको छ ।

जीवन रसाइली र निकिता थापाको स्वर रहेको गीतमा दिपक सिलवालको शब्द तथा संगीत र कुसल सिंहको संगीत संयोजन रहेको छ । भिडियोमा नबराज उप्रेतीले छायाँकन, नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको छ ।