अमिसाको स्वरमा ‘नाचूँ नाचूँ लाग्छ’

अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईको संगीत र संगीत संयोजन रहेको छ । राजेन्द्रकै निर्देशन रहेको भिडियोमा केशव विश्वकर्माको छायांकन र राजेश कुँवरको सम्पादन रहेको छ ।
मनोज परियारको मिक्सिङ मास्टरिङ रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको बताउँदै ६ दिनमा अडियो भिडियो तयार गरिएको जानकारी गराए। चरण बजगाईं र शीतल बजगाईंको प्रस्तुतिमा गीत तयार भएको हो ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral