Mansara

चलचित्र ‘अनागत’ को टिजर सार्वजनिक

२०७५ पौष २
चलचित्र ‘अनागत’ को टिजर सार्वजनिक

चलचित्र ‘अनागत’ को टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । माघ ११ लाई प्रदर्शन मिति तोकिएको छ ।

साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्र सस्पेन्स थ्रिलर जानराको हो । चलचित्रमा प्रियंका कार्की,अर्पण थापा, प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भुमिका रहेको छ । 

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व। निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । चलचित्रमा सिसन बानियाँको छायाँकन, चन्द्र कुमार झाको कथा, प्रवचन श्रेष्ठ र भुटियाको पटकथा रहेको छ ।

Mahajatra