श्रावण २० मा ‘आँधी तुफान २’ आउने

कोराना महामारीका बिच निर्माण गरिएको चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी श्रावण २० गतेबाट प्रदर्शन हुनेछ ।
सस्पेन्स थ्रिलर चलचित्रलाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ । लेडिज एक्शन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा प्रदर्शन भएको चलचित्र आँधी तुफानको सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् ।
ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।
चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्रमा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप र सम्राट थापाको पाश्र्व संगीत रहेको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi