‘जेरी गल्ली’मा अनमोललाई भब्य स्वागत

२०७१ सालमा प्रदर्शन भएको चलचित्र ‘जेरी’ नायक अनमोल केसीको करिअरको सफल चलचित्र हो । नायकका रुपमा उनको यो दोस्रो चलचित्र थियो, यद्यपी यसले उनको स्टारडमलाई बढवा मात्र दिएन चलचित्र छायाँकन भएका केही स्थानहरुमा पर्यटकिय चहलपहल समेत बढायो ।
चलचित्रको केही भाग मुस्ताङमा छायाँकन गरिएको थियो । तत् समय सम्म विरलै मात्र चलचित्रको छायाँकन हुने मुस्ताङको भक्ति गल्लीमा चलचित्रको गीत छायाँकन गरियो । चलचित्र रिलिज भएपछि धेरै आन्तरिक पर्यटकहरु उक्त गल्लिमा पुग्न थाले । त्यसैले स्थानियहरुले चलचित्र ‘जेरी’को सम्मान र पर्यटकहरुको सहजताको लागि उक्त गल्लीको नामै परिवर्तन गरी ‘जेरी गल्ली’ राखे ।
यतिबेला अनमोल केसी ‘जेरी अप टप’को छायाँकनका लागि उक्त स्थानमा पुगेका छन् । यसको छायांकन पनि ‘जेरी गल्ली’मा गरिएको छ । बिहीबार चलचित्रको टिम छायांकनका लागि मार्फा गाउँ पुग्दा मुस्ताङबासीले बाजागाजासहित भव्य स्वागत गरेका थिए । अनमोललाई त ‘जेरी गल्ली’मै राखेर विशेष सम्मान समेत गरियो । उनलाई मार्फा गाउँ चिनाएको भन्दै स्थानीयहरूले क्रेगी (पगरी) गुथाएर सम्मान गरेका थिए ।
‘जेरी गल्ली’मा मुस्ताङबासीले गरेको स्वागत र सम्मानको भिडियो सामाजिक सञ्जालमा सेअर गर्दै अनमोलले लेखेका छन्, ‘१० वर्ष बढी भइसक्यो तर ‘जेरी’प्रति देखाइएको माया र सम्मान देख्दा अहिले पनि यस्तो लाग्छ, यो हिजोको कुरा हो । म सम्पूर्ण मुस्ताङ गाउँलाई धन्यवाद दिन चाहन्छु । यो साँच्चै अभूतपूर्व छ ।’ भिडियोमा उनी मुस्ताङबासीले सम्मान गर्दा निकै हर्षित देखिएका छन् । भिडियोहरूमा उनलाई र अभिनेत्री आँचल शर्मालाई बाजागाजासहित सम्मान गरिएको देख्न सकिन्छ ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel