म इन्डष्ट्रीको खम्बा होइन, इट्टा हुँ – अनमोल केसी

दुईमत छैन पछिल्लो पुस्ताका स्टार भन्दा साथ लिइने नाम अनमोल केसी, प्रदिप खड्का लगायत नै हो । उनीहरुको क्रेजका कारण महङ्गो पारिश्रमिक दिएर भएपनि आफ्ना चलचित्रमा अनुबन्ध गर्न चलचित्रकर्मीहरु लालायित देखिन्छन् । अझ भन्ने हो भने अनमोलमाथीको लगानी खेर जाँदैन समेत भनिन्छ ।
उनीहरुले डिमाण्ड गरुन नगरुन चलचित्र निर्माताले अनमोललाई ५० लाख अनि प्रदिपलाई ४० लाख सम्म अफर गरेको खबरहरु आइरहन्छन् । यसबाट पनि उनीहरुको क्रेज थाहा हुन्छ । चलचित्र वितरक, डिजिटल राइटस् खरिदकर्ता मात्र नभएर विदेशबाट समेत उनीहरुका चलचित्रमा लगानी गर्न देखिने विश्वासले पनि यिनिहरुले नै चलचित्र क्षेत्र धानेका हुन कि भन्ने लाग्छ । चलचित्र सफल हुँदा होस् वा असफल हुँदा पनि उनै कलाकारको नाम लिएर गरिने तारिफ वा आलोचनाले पनि उनीहरुको काँधमा पर्ने भार अनुमान गर्न सकिन्छ । चलचित्रको बक्स अफिस कलेक्सन पनि उनीहरुमा नै निर्भर हुन थालेको छ । यसअर्थ उनीहरुले नै चलचित्र बोकेका छन् भन्न अकमकाइरहनु पर्दैन । यसैले होला अचेल अनमोल, प्रदिप जस्ता कलाकारलाई चलचित्र क्षेत्रकै खम्बा भन्न थालिएको छ ।
तर, नायक अनमोल केसीले भने आफुहरु चलचित्र क्षेत्रको खम्बा भन्ने कुरा मान्न तयार छैनन् । बिहिबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनमोलले आफुहरु चलचित्र क्षेत्रको खम्बा नभएर इट्टा भएको प्रतिक्रिया दिएका छन् । आफ्ना अग्रजहरुलाई चलचित्रको खम्बा मान्ने अनमोलले भने – ‘म कहिल्यै पनि ठान्दिनकी हामी खम्बा हो । खम्बाहरु त हाम्रो लिजेन्ड हो । राजेश हमाल, शिब श्रेष्ठ, मेरो ड्याड (भुवन केसी) उहाँहरु खम्बा हो । हामीचाँही इट्टाहरु मात्र हो । हामीले त भरिमात्र राखेको हो यो इन्डष्ट्री मा ।’ सायद यही होला अग्रजको सम्मान अनि अनमोलको महानता ।
अनमोल अभिनित चलचित्र क्याप्टेन फागुन १७ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा अनमोल फुटबल खेलाडीका रुपमा देखिएका छन् । चलचित्रमा अनमोलका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । भुवन केसीले निर्माण गरेको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri