अनमोल भन्छन् – मेरा हेटरहरु नै भगमान हुन्

आठ चलचित्रमा नायकको भुमिकामा काम गरेका अनमोल केसी अहिलेका सार्वाधिक सफल र डिमाण्डेड कलाकार हुन् । हुन् त कलाकारको सफलता के आधारमा मापन गर्ने भने प्रश्न पनि स्वभाविक छ । अभिनय कौशलता एकता तर्फ छ भने बक्स अफिसको सफलता अर्को तर्फ । अनमोलको सफलता भने बक्स अफिसले निर्धारण गरिरहेको छ ।
सन् २०१३ रिलिज होस्टेल देखि ए मेरो हजुर ४ सम्म आइपुग्दा यि अभिनेताका थुप्रै प्रसंसकहरु छन् । धेरै चलचित्रकर्मीहरु उनीसँग काम गर्न पनि लालायित देखिन्छन् । पछिल्लो समय त उनलाई मेघा स्टार पनि भन्न थालिएको छ । भलै मेघा स्टारको परिभाषा खोज्दै उनलाई यो उपमा दिनु गलत हो भन्नेहरु पनि नभएका होइनन् । अनमोल भने स्वयम् आफु स्टार भन्दा पनि राम्रो कलाकार बन्ने कोसिसमा रहेको बताउँछन् ।
आइतबार सञ्चरकर्मीहरुसँग गफिदै गर्दा अनमोलले आफुले आफुलाई स्टार नसोच्ने गरेको बताए । हरेक चलचित्रका गल्तिहरुलाई अर्को चलचित्रमा सुधार्ने प्रयास रहेने भन्दै अनमोलले सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया स्वीकार्य हुने जनाएका छन् । आफु प्रफेक्ट नभएको भन्दै अनमोलले शुरुका गल्ति कमजोरी सुधार्दै अघि बढेको र यो क्रम जारी रहने बताए ।
ए मेरो हजुर ४ मा को ट्रेलर हेरेर धेरैले अनमोलको अभिनयमा सुधार आएको प्रतिक्रिया दिइरहेका छन् । अघिल्ला चलचित्रमा भन्दा उनी निखारिएको बताइरहेका छन् । यद्यपी सबै प्रतिक्रिया सकारात्मक छैनन् । केहीले उनको आलोचना पनि गरेका छन् । अनमोल भने आफ्ना हेटरहरुलाई नै भगमान मान्छन् । आफ्ना हेटरहरुको पनि मन जित्ने प्रयास सदैव जारी राखेको बताउँदै उनले त्यता कमेण्टहरुलाई मनमा लिएर आगामी चलचित्रमा अझ उत्कृष्ट काम गर्ने बताउँछन् ।
त्यसो त सँगै रहेका निर्माता सुनिल कुमार थापाले पनि अनमोलले अहिले सम्मकै उत्कृष्ट अभिनय गरेको दाबी गरेका छन् । उनले अनमोलले दर्शकलाई निराश नबनाउने जिकिर गरे ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुर ४ मा अनमोलसँगै सुहाना थापाको पनि मुख्य भुमिका रहेको छ । झरना थापा निर्देशित चलचित्र अहिलेको प्रतिक्षित चलचित्र हो ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri