दयाहाङ अभिनित ‘आप्पा’को गीत सार्वजनिक
चलचित्र ‘आप्पा’को पहिलो गीत सार्वजनिक गरिएको छ । आप्पाको ‘हावा सरर’ बोलको गीतमा मुख्य पात्र दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । गीतलाई नेपाल र इन्डियाको बोर्डर सन्दकफुमा छायाँकन गरिएको हो । गीतमा निर्देशक अनमोल गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको गीतमा थुप्देन भुटिया र स्नेहाश्री थापाको स्वर छ ।
बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । निर्देशनमा यो अनमोलको डेब्यु चलचित्र हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता माबो हाङ रहेका हुन् भने रुदेन सादा लेप्चाको लगानी रहेको छ । चलचित्रमा दयाहाङ, सिद्धान्त र अल्लोनाका अलवा तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत अभिनय रहेको छ ।
चलचित्रमा अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ । अर्को वर्ष जेष्ठ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri