Mansara

यस्तो छ ९ जना कलाकारले गाएको असारे गीत

२०७६ आषाढ १३
यस्तो छ ९ जना कलाकारले गाएको असारे गीत

९ जना कलाकारको स्वर रहेको लोक गीत ‘लाग्यो असार’ सार्वजनिक भएको छ । जसमा पुरुष तर्फ चर्चित लोक गायकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुँमागाई, विवेक चौलागाई, जिवन वडु को स्वर रहेको छ भने महिला तर्फ चर्चित लोक गायिका पार्वति कार्कि, सपना कुवर र मिङमा लामाको आवाज रहेको छ । गीतमा शब्द तथा संगीत प्रभावन जेको रहेको छ ।

डि.ए.आर. मुभिजले बजारमा ल्याएको गीतलाई नेपाली मौलिकपन झल्कने लोक गीत भनिएको छ । मौलिक असारे भाकालाई लोप हुन नदिन यो गीत तयार पारेको बताइएको छ ।

हेरुका लामाको निर्देशित गीतको भिडियोमा रश्मि भट्ट, रितु तामाङ, आयुष्मा कार्की, हेरुका लामा, योगनाथ दाहाललगायतका कलाकारको अभिनय रहेको छ ।

Mahajatra