Mansara

धान दिवसको ‘असारे झरी’ सार्वजनिक

२०७६ आषाढ १५

राष्ट्रिय धान दिवसको अवसर पारी ‘असारे झरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर, अम्बिका गुरुङको शब्द तथा गायक राजन कार्कीकै संगीत रहेको छ ।

भाबसागर क्रियसनले बजारमा ल्याएको गीतको भिडियोमा यशु थापा र सलिना भुजेलको अभिनय, राजन कार्कीकै छायांकन र सम्पादन रहेको छ भने किरात बिन्द्राको निर्देशन र कोरियोग्राफी रहेको छ ।