‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ सार्वजनिक

शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको चलचित्रको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ ।
रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे चलचित्रको निर्माता हुन् ।
चलचित्रमा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । चलचित्रको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन् । उनीहरु यही गीतमा मात्र देखिनेछन् ।
चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरेको लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँको सम्पादन छ ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi