'बैनाबट्टा'को गीत 'तिमि सँग' सार्बजनिक
चलचित्र 'बैनाबट्टा'को पहिलो गीत 'तिमि सँग' सार्बजनिक भएको छ । सार्वजनिक गीतमा दिपा लामा र सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ ।
राज चाम्लिङको निर्देशन रहेको चलचित्र नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु समुदायमा रहेको बैनाबट्टा प्रथामा आधारित रहेको छ । सुम्हात्लुङ फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक राजकै कथा, कमल राईको नृत्य निर्देशन, देबजँग थापाको छायाँकन र सम्पादन, बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगीत र दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु र दिप्सन लिम्बुहरुको स्वर रहेको छ ।
बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रेम लावती निर्माता रहेको चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह सहनिर्माता रहेका छन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri