‘वसन्त’को ट्रेलर रिलिज गर्न ‘वसन्त साँझ’को आयोजना, प्रकाश–शान्तिश्री देखि प्रीति–देवेन्द्रले प्रस्तुती दिने

चलचित्र ‘वसन्त’को ट्रेलर रिलिज गर्न निर्माण टिमले ‘वसन्त साँझ’को आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा आयोजना हुने ‘बसन्त साँझ’मा ट्रेलर रिलिज गरिने निर्देशक तथा अभिनेता प्रकाश सपुतले जनाएका छन् ।
चैत्र २२ गते रिलिज हुने चलचित्रको ट्रेलर रिलिजलाई थप भब्यता प्रदान गर्नुका साथै चलचित्रको प्रचारलाई थप प्रभावकारी बनाउन ‘वसन्त साँझ’को आयोजना गर्न लागिएको बुझ्नमा आएको छ । कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले र देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुती दिनेछन् । चलचित्रका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर ‘वसन्त साँझ’लाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन् ।
गायक सपुतको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा उनीसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने उनले जनाएका छन् । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi