‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक

गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् ।
सार्वजनिक गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर र बब्लु र सपूतको संगीत रहेको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।
चलचित्र आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभरका चलचित्र हलमा रिलिज हुँदैछ । चलचित्रमा प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।




Latest Updates
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant