चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक
प्रदर्शनरत् चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । गीतमा कलाकार सपुकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ ।
गायक सपुतकै निर्देशन रहेको चलचित्रले अपेक्षाकृत ब्यापार गर्न सकेको छैन । यसैबिच चलचित्र निर्माण टिमले काठमाडौंमा विशेष प्रदर्शनको आयोजना गरेर बिभिन्न व्यक्तित्वहरुलाई चलचित्र देखाएको छ । अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाईँ, नृत्य निर्देशक शङ्कर बिसी, गायक तथा सङ्गीतकार खेम सेन्चुरी लगायतले चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि अधिकांशले सपुतको कथा भन्ने शैली र समाजको वास्तविकतालाई प्रशंसा गरेका थिए ।
गत शुक्रबार रिलिज भएको चलचित्रमा प्रकाश र खबपु सहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायतको अभिनय रहेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सपुतकै कथा, पटकथा र सङ्गीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
