‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा

अगामी चैत्र २२ गते रिलिज हुने चलचित्र ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लेको छ । चलचित्रको १० दिन अगाडी सार्वजनिक यो गीत युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको शिर्ष स्थानमा उक्लेको हो ।
यो समाचार तयार पार्दासम्म गीतलाई १२ लाख २७ हजार भ्युजसहित ४२ हजार लाईक तथा १ हजार ८ सय बढि प्रतिक्रिया मिलेको छ । गीतलाई बागलुङ आसपासका जिल्लाको मौलिकपन देखाइएको भन्दै प्रशंसाको ओइरो लागेको कमेन्टबक्समा देख्न सकिन्छ । अधिकांश दर्शकले गीतको प्रशंसामा शब्द खर्चिएका छन् ।
गीतको कमेन्टबक्समा गोविन्द पौडेल नामक दर्शकले लेखेका छन्, ‘गितको नाम बिना स्वादैको तर, गित र भिडियो यति स्वादको छ नी अहिले सम्मकै उत्कृष्ट श्रीङ्गार ड्रेस पुरानो साझ्री बस्ने रिती म सानोमा बिरामी हुदा यसरी झाँक्री बसेर रातो भाले र कालो बाख्रो खुब काटेको, प्रकाश जी, बब्लु जी, सुनिल जीलगायत सम्पुर्ण टिमलाई बधाई छ । चलचित्रको लागी शुभकामना ।’
सार्वजनिक गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर र बब्लु र सपूतको संगीत रहेको छ । हरर रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । एक जोडीको अन्तर जातिय प्रेम पश्चात परिवारले उनीहरुको मोहनी फुकाउन गर्ने विभिन्न घटनालाई देखाइएको छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् । चलचित्रमा प्रभात र श्रीशिभान्सीसहित प्रकास सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

Latest Updates
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma