‘वसन्त’मा सरप्राइज, राजेश देखि अञ्जलीसम्म
चलचित्र ‘वसन्त’मा सरप्राइज कलाकारका रुपमा राजेश हमालदेखि मोडल अञ्जली अधिकारी सम्मले अभिनय गरेका छन् । प्रचारमा उनीहरुको उपस्थितिलाई लुकाइएको थियो । जसका कारण चलचित्र हेर्ने दर्शकलाई सप्राइज मिलेर छ ।
चलचित्रमा हमाल सहित करिश्मा मानन्धर, दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, केकी अधिकारी, प्रियंका कार्की र सुरक्षा पन्त अतिथि भूमिकामा छन् । यस्तै मोडल अधिकारी सहित लोकदोहोरी गीतकी चर्चित गायिका शान्तिश्री परियार समेतलाई चलचित्रमा देख्न सकिन्छ ।
प्रकाश सपुतको डेव्यु निर्देशन रहेको चलचित्र चैत्र २२ गतेबाट प्रदर्शन भइरहेको छ । चलचित्रले अपेक्षाकृत ब्यापार भने गर्न सकेको छैन । चलचित्रमा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
