फुलाराको ‘वासुदा’को लोकार्पण

साहित्यकार भीष्मराज फुलाराद्वारा लिखित उपन्यास ‘वासुदा’को लोकार्पण गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच उपन्यासको लोकार्पण गरिएको हो ।
कबि डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एटर्नी एट ल अमेरिकाका अधिवक्ता वासुदेव फुलाराको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा उप–प्रा. ज्ञाननिष्ठ ज्ञवालीले उक्त कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । उनले उपन्यासका मूलपात्र वासुदामा पटक देखिएका चुनौतीको सामना गर्ने साहसलाई कलात्मक रुपमा चित्रण गरिएको बताए । उनले साहसकै कारण वासुदाको जीवन सफल भएको देखाइएको सुनाए ।
साहित्यकार भीष्मराजले आफ्नै दाजु बासदेब फुलाराको जीवनमा आधारित भएर उक्त उपन्यास लेखेका हुन् । कार्यक्रममा बासुले आफ्नो भोगाईमा लेखिएको उपन्यासले धेरै युवालाई प्रेरित गर्न सक्ने बताए । कृतिमा संघर्षका समयमा आइपरेका अन्य घट्ना परिघट्नालाई पनि लेखकले सटिक ढंगले उतारेका छन् । उपन्यासकार फुलारा दाजुको जीवन भोगाई र संघर्षका विविध आयामलाई उपन्यासमा उठान गरेको सुनाए ।
दुई सय त्रिचालिस पृष्ठको ‘वासुदा’ लाई फुलारा लिटरेचर फाउण्डेसन नेपालले प्रकाशन गरेको हो ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral