‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने बस्नेतको घोषणा, अब ओटिटीमा रिलिज हुने
केही मल्टिप्लेक्सले चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई दोस्रो सातामा उपलब्ध गराएको शो प्रति चरम रुपमा असन्तुष्टि पोखेका निर्माता निश्चल बस्नेतले अन्नतः हलबाट चलचित्र उतार्ने निर्णय गरेका छन् ।
असोज १७ गतेबाट घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’को हल रिलिज बिहिबारबाट स्थगित हुने निर्माता बस्नेतले जनाएका छन् । सामाजिक सञ्जाल मार्फत उनले अब ओटीटी प्लाटफर्ममा चलचित्र रिलिज हुने पनि जनाएका छन् । ओटिटीको समस्या समाधान गर्दै छिट्टै एमएसएम भिडियो प्लाटफर्ममा चलचित्र रिलिज गर्ने उनको भनाई छ । उनले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उक्त एप उपलब्ध नहुने जनाएका छन् ।
बस्नेत पोस्टमा लेख्छन्, ‘हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई पनि धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौं ।’
हलले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट बस्नेतले केही दिनअघि हलको विकल्प खोज्ने आशय व्यक्त गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
