‘भूवन चैत्य बसुन्धरा फाउण्डेशन’ले कल्याणकारी कोषलाई पुरस्कृत गर्ने
प्रथम नेपाली चलचित्र आमाका अभिनेत्रीत्रय भूवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहको ‘भूवन चैत्य बसुन्धरा फाउण्डेशन’ले चलचित्र विकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याणकारी कोषलाई पुरस्कृत गर्ने भएको छ ।
फउण्डेसनको बैठकले स्थापना वर्ष २०७६ को ‘हरिश भुवन चन्द पुरस्कार’, ‘चैत्यदेवी सिंह पुरस्कार’ र ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ गरि ३ वटै पुरस्कार कोषलाई अर्पण गर्ने निर्णय गरेको छ । हरेक पुरस्कारमा रु. ५१,०० नगद हुने र ३ वटै पुरस्कारको कुल राशी रु. १,५३,०००।– (अक्षरुपी : एक लाख त्रिपन्न हजार) र ताम्रपत्र जेष्ठ २२ गते विशेष समारोहको आयोजना गरि हस्तान्तरण गरिने जनाइएको छ ।
फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुसाल सहित उपाध्यक्षद्वय भुवन चन्द र चैत्य देवी सिंहको छनौट समितिले सिफारिस गरे अनुसार कल्याण कोषलाई पुरस्कार अर्पण गर्ने निर्णय गरिएको सचिब मोहन निरौलाद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । जेष्ठ २२ गते आयोजना हुने समारोहका लागि प्रेम बम्जन(पुस्कर लामा)को संयोजकत्वमा अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल सदस्य रहेको कार्यक्रम संयोजन समिति समेत गठन भएको छ ।
यस अघि वरिष्ठ कलाकार श्री जयनेन्द्र चन्द ठाकुरलाई औषधोपचारकालागि फाउण्डेशनको तर्फबाट बैशाख १२ गते रु.२१,०००।– नगद सहयोग उपलब्ध गराएको थियो ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora