बोर्ड अध्यक्षको लोभमा काँग्रेस बने भुवन केसी !
भुवन केसी राजनीतिमा अस्थिर पात्र मानिन्छन् । अवसरको खोजीमा पार्टीमा लाग्ने अनि पद नपाए पछि अर्को पार्टीसँग बार्गेनिङ गर्न खोज्ने उनको स्वभाव नै हो । यसअर्थ धेरैले उनलाई अवसरवादी पनि भन्ने गर्छन ।
यसअघि भुवनले आफुलाई नेकपा एमाले भन्ने गर्थे । २०७० को संसदिय निर्वाचनमा नेकपा एमालेबाट उनले काठमाडौं क्षेत्र नम्बर १ को टिकट पनि पाएका थिए । तर, पार्टीमा उनको कुनै योगदान नरहेको भन्दै पार्टीपत्ति बाटै चर्को आलोचना पछि भुवनको टिकट खोसियो । त्यसपछि भुवनले लामो समय एमालेको नाम समेत लिन चाहेनन् । न त कुनै वर्गिय संगठनहरुमा बसेर काम गरे ।
दुई वर्ष अघि चलचित्र बिकास बोर्डमा अध्यक्षको पद खालि भएपछि उनी फेरी एमाले बनेर सहतमा आए । तत्कालिन नेकपा (एमाले र माओबादी)को सरकार भएको समयमा उनले बोर्ड अध्यक्ष हुन खुबै कसरत गरे । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली कहाँ मात्र होइन माओबादी अध्यक्ष प्रचण्ड र एमालेका तत्कालिन नेता माधव नेपालकोमा समेत पुगेर उनले बोर्ड अध्यक्ष बन्न सक्ने जति शक्ति प्रयोग गरेका थिए । तर, उनको अवसरबादी चरित्र नै त्यसको बाधक बन्न पुग्यो । भुवन चलचित्र बिकास बोर्ड अध्यक्षका लागि हर कोणबाट उपयुक्त पात्र भएपनि बोर्ड अध्यक्ष हुन् सकेनन् । बोर्ड अध्यक्षमा निर्देशक दयाराम दाहाल नियुक्त भए ।
केही दिन अघि भुवन उन्नत लोकतान्त्रीक पार्टीका तर्फबाट काठमाडौंको मेयर बन्ने कुरा आयो । धेरैले भुवन मेयर कै उम्मेदवार बन्ने नभई एमालेसँग बार्गेनिङ गर्न फण्डा गरेको टिप्पणी गरे । हुन् पनि हो, भुवनको अस्थिर राजनीतिक चरित्र यहाँ पनि देखियो । केही दिनमै उनले आफु मेयरको उम्मेदवार नबन्ने प्रष्टिकरण दिए । भुवनले जति नै फण्डा गर्दा पनि एमालेले उनलाई पत्याउँदै पत्याएन ।
जेष्ठ तेस्रो साता चलचित्र बिकास बोर्डको नेतृत्व खालि हुँदैछ । सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ भने तालुकवाला सूचना तथा सञ्चार मन्त्रालय पनि काँग्रेससँगै छ । जसका कारण अब चलचित्र बिकास बोर्डको अध्यक्ष काँग्रेस निकट चलचित्रकर्मी नै हुन्छन् भन्ने घाम जस्तै छर्लङ छ । यसअर्थ बोर्ड नेतृत्व परिवर्तनको मुखैमा भुवन काँग्रेस प्रवेश गर्नु अर्थपूर्ण देखिन्छ । अवसरको खोजिमा रहीरहने भुवन कतै बोर्ड अध्यक्षको लोभमा काँग्रेस बनेका त होइनन् ! त्यो समयले नै बताउँला ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora