चलचित्र ‘बिगुल’ निर्माणको घोषणा, अभिनेतामा नरेन खड्का अनुबन्धित

चलचित्र ‘बिगुल’ निर्माणको घोषणा गरिएको छ । मुख्य अभिनेतामा नरेन खड्कालाई अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
रमेश कोइरालाको निर्देशन रहने चलचित्र सामाजिक कथावस्तुमा आधारित रहने जनाइएको छ । बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा नरेनबाहेक अन्य कलाकारहरूको टुंगो भने लागि सकेको छैन । मौनता श्रेष्ठको लेखन रहने चलचित्रको प्रस्तुतकर्ता कल्पना पौडेल रहने छिन । एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन शिव ढकालले गर्नेछन् । नयाँ वर्ष अर्थात बैशाख १ गतेबाट छायाँकन थालिने जनाइएको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi