‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ सार्वजनिक
चलचित्र ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको गीत सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठलाई प्रस्तुत गरिएको गीतमा अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।
प्रबेश पौडेल निर्देशित चलचित्रमा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेल लगायतको अभिनय रहेको छ ।
पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा छायाँकन गरिएको चलचित्रका प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालको छायाँकन रहेको चलचित्रमा मित्र गुरुङको सम्पादन, मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा र आकाश र सजनको पटकथा रहेको छ ।
रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्र नयाँ बर्ष २०८० को अवसर पारि वैशाख १ गते प्रदर्शनमा आउने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
