‘भगवत् गीता’मा सुहाना र धिरजसँगै विपिन पनि

झरना थापाको आगामी निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’मा कलाकार विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ ।
यसै साता चलचित्र ‘प्रसाद २’को छायांकन सकेर काठमाडौं फर्किएपछि बिपिनलाई उक्त चलचित्रको अफर गएको थियो । भारतिय चलचित्र एनिमलमा काम गर्ने चर्चाका बिच नेपाली चलचित्र छोड्दै आएका बिपिनले उक्त चलचित्रबाट हात धुनु परेपछि धमाधम नेपाली चलचित्रमै काम गर्न थालेका छन् । यो चलचित्रमा यसअघि नै सुहाना थापा र धीरज मगर मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।
माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi