सवारी दुर्घटनामा परि अभिनेता बिपिन कार्की घाइते

अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परि घाइते भएका छन् । मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएपछि उनको दाहिने खुट्टामा चोट लागेको छ ।
अहिले उनको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । आइसियुमा राखेर उपचार भएका कारण उनीसँग भेट गर्न दिइएको छैन । पारिवारिक श्रोतका अनुसार उनको खुट्टा भाचिएको रिपोर्ट आएको छ । अहिले अप्रेसनको तयारी भइरहेको छ ।
चलचित्र ‘जात्रै जात्रा’को छायाँकन स्थलमा जाने क्रममा आज बिहान कलंकीमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।

Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral