Jwai Sap
Aktor

तुलसी घिमिरेको ‘पहाड’मा विपिनको र्‍याप

२०८१ असोज २१
तुलसी घिमिरेको ‘पहाड’मा विपिनको र्‍याप

तुलसी घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पहाड’को एक गीतमा अभिनेता विपिन कार्कीले स्वर दिएका छन । 

आइतबार काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले एक र्‍याप गीत गाएका हुन् । बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीत रहेको गीतमा घिमिरेकै शब्द रहेको छ । घिमिरेका अनुसार गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ । चलचित्रमा जम्मा चार वटा गीत रहने छ । 

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत चिर परिचित कलाकारहरुको अभिनय रहने छ ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने चलचित्रको बाँकी ५० प्रतिशत छायाँकन मुम्बईमा हुने छ ।

Behuli From Meghauli