परिवर्तन नेपालको मानार्थ सदस्यमा पत्रकार सुबेदी

पत्रकार बिष्णु प्रसाद सुबेदीलाई परिवर्तन नेपालको मानार्थ सदस्यता प्रदान गरिएको छ । सोमबार राजधानीको बागबजार स्थित होटल हार्दिकमा आयोजित समारोहका बिच सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।
समारोहमा प्रमुख अतिथी चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, संस्थाका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार उत्तम केसी, चलचित्र निर्देशक दिनेश राउत लगायतले मानार्थ सदस्यता प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै समारोहका सभापति परिवर्तन नेपालका अध्यक्ष निरौलाले सुबेदीले चलचित्र पत्रकारिताका माध्यमबाट समग्र पत्रकारिताका साथै नेपाली कला, संस्कृति, चलचित्र जस्ता क्षेत्रमा बिशेष योगदान पु¥याएका कारण उनलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको बताएका छन् ।
यस्तै प्रमुख अतिथी खड्काले सुबेदीको कामको प्रसंसा गर्दै आफुले पनि बिभिन्न बिषयमा मिडियामा बोल्नु अघि उनीसँग परामर्श गर्ने गरेको जनाए । साथै उनले चलचित्र पत्रकारितामा उदाहरणिय काम गरेका सुबेदीलाई परिवर्तन नेपालले सम्मान स्वरुप मानार्थ सदस्यता प्रदान गरेर संस्थाकै गरिमा बढाएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार सुबेदीले गर्विलो इतिहास बोकेको परिवर्तन नेपालको मानार्थ सदस्य आफुलाई प्रदान गरिदिएकोमा खशी ब्यक्त गरेका छन् । २०५३ सालमा स्थापना भएको संस्था हो ।
एक घण्टा सम्म चलेको समारोहमा चलचित्र क्षेत्रका थुप्रै परिचित चलचित्रकर्मी तथा कलाकारहरुको उपस्थित रहेको थियो ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat