लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न चौथो पिम नेपाल फिल्म फेष्टिवल २०२१ का अवसरमा सुबेदीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । चलचित्र पत्रकारिता गर्दै आएका बिभिन्न पत्रकारहरु बिचको उक्त प्रतिष्पर्धामा सुबेदी उत्कृष्ट घोषित भएका हुन् । सुबेदी लेन्सनेपाल डटकमका रिसर्चर तथा प्रधान समपादक हुन् ।
पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको उक्त फेष्टिवलमा प्रमुख अतिथी गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, बिशिष्ट अतिथीहरु राष्ट्रिय गानका रचयिता ब्याकुल माइला, एनआरएनएका उपाध्यक्ष कुल आचार्य, कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतले सुबेदीलाई अवार्ड प्रदान गरेका थिए ।
कोभिड १९ स्वास्थ्य मापदण्डका कारण फेष्टिवलमा सहभागी चलचित्रहरुको अनलाइन प्रदर्शनि गरिएको आयोजक संस्थाका अध्यक्ष माधवराज खरेलले जनाएका छन् । फेष्टिवलमा अवार्ड प्राप्त गर्ने चलचित्र तथा चलचित्रकर्मीहरुको विवरण :
पिम नेपाल फिल्म फेष्टिवल २०२१ अवार्ड बिजेताहरु
सर्वोत्कृष्ट फिल्म जर्नालिजम : विष्णु सुवेदी
सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिजम : जिवन पराजुली
सर्वोत्कृष्ट फिल्म : लभडायरिज
सर्वोत्कृष्ट अभिनेता (लभ डायरिज) :शुशिल श्रेष्ठ
सर्वोत्कृष्ट सम्पादक ( आमा) : दिर्घराज खड्का
सर्वोत्कृष्ट निर्देशक (लभडायरिज) : सौरभ चौधरी
सर्वोत्कृष्ट कलरिष्ट (लभ डायरिज): राजेन्द्र मोक्तान
सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर ( लभडायरिज): मोति कार्की
सर्वोत्कृष्ट लेखक सर्टफिल्म (पुतली र दिदि बहिनी): टाकासी इन्वाई
सर्वोत्कृष्ट नायक सर्टफिल्म (द डटर) : प्रवण भुषाल
सर्वोत्कृष्ट नायिका (द डटर): सरीता भारती
सर्वोत्कृष्ट डकुमेन्ट्रि (जलेश्वर झर्ना झोर) : सानुकाजी थापा
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक (हल्कारा) : दयाराम घिमिरे
सर्वोत्कृष्ट नायक सर्टफिल्म (जुरी) (यस्तो पो वडा अध्यक्ष) : तेज गिरी
सर्वोत्कृष्ट पाश्व गायिका तिम्रो हुने कहिले : सुजाता केसी
सर्वोत्कृष्ट म्युजिक निर्देशक म त मर्छु की क्या हो : राजेन्द्र बजगाई
सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्म (द डटर) : प्रेम पाण्डे
सर्वोत्कृष्ट नव नायक (लभ डायरिज) : विश्वजित रिमाल
पिम नेपाल फिल्म फेष्टिवल २०२१ का सम्मानित व्यक्तित्वहरु
१.चैत्यदेवी सिंह : प्रथम नेपाली रंगीन सिनेमा कुमारी की नायिका
२. व्याकुल माईला : राष्ठ्रिय गानका सर्जक
३. कुल आचार्य : समाजसेवी तथा व्यवसायी
४. सुचित्रा श्रेष्ठ : नेपाली चलचित्रको प्रथम महिला निर्देशक
५. चिरञ्जीवी गुरागाई : अन्तराष्ट्रिय सम्वन्ध अधिकृत (चलचित्र विकास वोर्ड)
६. मदन घिमिरे : चलचित्र निर्देशक
७. कृष्ण भुषाल : संचारकर्मी
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
