लेन्स नेपालकर्मी बिष्णु सुबेदी सम्मानित
लेन्स नेपालकर्मी बिष्णु सुबेदी सम्मानित भएका छन् । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् ।पत्रकारीको माध्यमबाट कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुबेदीलाई पत्रकारीता बिशेष सम्मानबाट सम्मनित गरिएको आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जनाएका छन् । पूर्व खेलकुद मन्त्री राजेन्द्र कुमार केसी, पूर्व गृह राज्य मन्त्री, इन्द्र बानियाँलगायतका अतिथिहरुले सुबेदीलाई उक्त सम्मान अर्पण गरेका हुन् । सुबेदी क्यानडा नेपाल डटकममा पनि आवद्ध छन् ।
नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि आयोजना गरिएको कार्यक्रममा बिभिन्न सँँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले कला संस्कृतिको संरक्षणका लागि वर्षेनी साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
फागुण २७ र २८ गते चन्द्रागिरी, मच्छेगाँउमा सम्पन्न कार्यक्रममा सुबेदी सहित अर्का पत्रकार सानुकाजी श्रेष्ठ पनि सम्मनित भएका छन् । यस्तै गायिकाहरु रचना रिमाल, समिक्षा अधिकारी, अस्मिता अधिकारी, कोरियोग्राफर कबिराज गहतराज, गायक पदम राई, निर्देशक श्यामराज श्रेष्ठ, मोडल साक्षी लम्साल लगायतलाई सम्मान गरिएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
