शुक्रबारबाट सञ्चालनमा आउदै विश्वज्योति हल
कुनै समयको चर्चित विश्वज्योति हल नयाँ स्वरुपमा सञ्चालनमा आउने भएको छ । जमलस्थित विश्वज्योति हल मल्टिप्लेक्स स्वरुपमा सञ्चालनमा आउन लागेको हो । शुक्रवारबाट सञ्चालनमा आउने उक्त हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरे ।
२०१३ सालमा स्थापना भएको यो हल कुनै बेला निर्मातालाई सर्वाधिक शेयर दिने हलका रुपमा परिचित थियो । यो हलमा चलचित्र चलाउन निर्माताहरु क्यू मै बस्ने गर्थे ।
पुरानो हल भएको आडमै खडा भएको पाँच तले विश्वज्योति मलको माथिल्लो तल्लमा दुई अडिटोरियमको विश्वज्योति सिनेमाज् खुलेको हो । हलको एउटा अडिटोरियममा २०१ र अर्को अडिटोरियममा ८९ सिट संख्या रहेको विश्वज्योतिका अध्यक्ष मोहन सरार्फले बताए । शुक्रवारबाट ‘लक्का जवान’, ‘डक्टर स्ट्रेन्ज २’ लगायतका फिल्म प्रदर्शन गर्दै हल औपचारिक रुपमा खुल्नेछ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev