‘बोक्सीको घर’को ‘थिम लुक्स’ सार्वजनिक

चलचित्र ‘बोक्सीको घर’को ‘थिम लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच थिम लुक्स सार्वजनिक गरिएको हो ।
उक्त लुक्सलाई प्रस्तुतकर्ता तथा अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे । थिम लुक्समा अभिनेत्री केकी अधिकारी फिचर्ड छिन । लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा चलचित्र बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे । ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले चलचित्र निर्माण गरेका हुन् । बद्री अभिनेत्री केकीका पिता हुन् । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।
अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण गरिएको उनको भनाई छ । चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । चलचित्रका कार्यकारी निर्माता राज घिमिरे हुन् ।
आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
-
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel