चलचित्र ‘बोक्सीको घर’को गीत सार्वजनिक

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरिएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । चलचित्र आगामी वैशाख १४ गते रिलिज हुँदैछ ।
गीतको भिडियोमा अभिनेत्री केकी र निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । केही समयअघि नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको टिजरले राम्रै चर्चा पाएको थियो । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर अभिनेत्री केकीले यो चलचित्र निर्माण गरेकी हुन् । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।
चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सुलक्षणकै लेखन रहेको चलचित्रका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।
Latest Updates
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
-
अमेरिकामा छायाँकन गरिएको ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक, सिचुएशनल कमेडी–ड्रामा
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel