‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक
चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।
गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । गायक सुपतले चलचित्रको मर्म अनुसार नै आफुले गीत तयार पारेको बताएका छन् । चलचित्रको गीतमा केकीका अलवा निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियालाई पनि फिचर्ड छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । चलचित्र आगामी बैशाख १४ गतेबाट प्रदर्शन हुनेछ ।
चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora