बलिउड अभिनेता सत्रुघन सिन्हा नेपालमा
दुई बर्ष अघि एलजी सिनेमा सर्कल अवार्डमा सहभागी भई सेप्टेम्बर ९ तारिखका दिन नेपालबाट विदा भएका बलिउड अभिनेता सत्रुघन सिन्हा ठिक दुई वर्षमा नेपाल आएका छन् ।
सिन्हा व्यवसायिक घराना चौधरी ग्रुपका उत्तराधिकारी बरुण चौधरीका छोरा, छोरीको पास्नीमा सहभागी हुन नेपाल आएको निर्देशक दिनेश डिसीले जानकारी दिएका छन् । सिन्हलाई डिसीले नै एयरपोर्टमा स्वागत गरेका थिए । ९ तारिखमा नेपाल आएका उनी होटल सोल्टिमा बसेका छन् ।
१० तारिखमा सम्पन्न चौधरी परिवारको पारिवारिक कार्यक्रममा सहभागी भएका सिन्हाले ११ तारिखमा केही नेपाली चलचित्रकर्मीहरुसँग भेटघाट समेत गरेका छन् । उनले मंगलबार साँझ होटल अन्नपूर्णमा कलाकार कृष्ण मल्ल र सर्मिला मल्लसँग डिनर मिटिङ समेत गरेका थिए । मल्लका अनुसार सिन्हासँगको डिनर मिटिङ पारिवारिक थियो ।
मंगलबार नै नवलपरासी स्थित सास्वत धाम घम्न जाने कार्यक्रम भएपनि मौसममा देखिएको खबराबीका कारण हेलिकप्टर उड्न नसकेकोले उक्त योजना पुरा हुन सकेन । बुधबार बिहान उनी सास्वतधाम घुम्न जाने कार्यक्रम छ ।
सिन्हा सास्वत धाम भ्रमण सकेर काठमाडौं फर्के पछि आज नै भारत फर्कने कार्यक्रम रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora