Mahajatra

एउटा यस्तो गीत जहाँ सबै काम उल्टो भयो : पहिला खिचियो, अनि ट्युन तयार भयो, बल्ल शव्द लेखियो

२०७५ भाद्र २३
एउटा यस्तो गीत जहाँ सबै काम उल्टो भयो : पहिला खिचियो, अनि ट्युन तयार भयो, बल्ल शव्द लेखियो

अपवादलाई छोडेर हेर्ने हो भने चलचित्रको लागि गीत बनाउँदा सामान्यतयाः पहिले विषयवस्तु र अवस्था हेरी शव्द नै लेख्ने गरिन्छ । गीतकारले लेखेका तिनै शव्दका आधारमा संगीतकारले एउटा ट्युन तयार गर्छन र त्यसलाई एरेन्ज गरेपछि गीतको कम्पोज तयार हुन्छ । शव्द र संगीत पछि त्यसमा भोकल हालिन्छ अनि मिक्सङ्ग गरेपछि गीत तयार हुन्छ । यसरी तयार भएको गीतका आधारमा कोरियोग्राफरले भिज्वलाइजको डिजाइन तयार गर्छन । अनि बल्ल चलचित्रको गीत खिचिन्छ । तर एउटा यस्तो गीत जसमा माथी उल्लेखित सबै मान्यताहरु उल्टो भए । सबैभन्दा पहिला विना म्युजिक भिज्वयल तयार पारियो । अनि त्यो भिज्वयलका आधारमा संगीत कम्पोज गरेपछि मात्र शब्द लेखियो ।

यसरी सबैकुरा उल्टो शैलीमा सम्पन्न भएको गीत हो, सन् १९९७ को बलिउड चलचित्र विरासतको आखियाँ मिलाके चन्ना...
 

चलचित्रका निर्देशक हुन् प्रियदर्शन, उनले विना म्युजिक भिज्वयल खिचेका थिए । माहौल विवाहको थियो । चलचित्रका अन्य गीतमा अनु मलिकको संगीत थियो । यसैले विना म्युजिक खिचिएको भिज्वयललाई सुदाँउदो गीत पनि उनैले बनाउनु पर्ने भयो । मलिकले पनि खिचिएका दृष्यहरु एकएक गरि हेरे । माहौल बुझे । सर्ट साइजहरु ध्यानमा राखे । अनि म्युजिक कम्पोज गरे ।

एक टेलिभिजन रियालिटी शोमा अतिथी बनेर पुगेका गीतकार आवेद अख्तरले उक्त कुराको खुलासा गरेका हुन । अख्तरले यो गीतलाई लिएर मलिकको खुलेरै प्रसंसा समेत गरेका छन् । मलिकले दृष्यका आधारमा ट्युन तयार गरेपछि गीत लेख्ने पालो आयो अख्तरको । उनले पनि मलिकले जस्तै दृष्यको माहौल बुझे, कलाकारको हाउँभाऊ बुझे अनि मलिकले तयार गरेको ट्युनमा फिट हुने गरि शव्द लेखे । एक त दृष्य अर्को तर्फ ट्युनमा फिट हुनुपर्ने अख्तरलाई पनि शव्द लेख्न त्यति सहज भने पक्कै भएन । यसरी सबै काम उल्टो दिशामा गरिएको गीत राम्रो बन्यो अनि धेरैले रुचाए पनि ।