बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

२०७८ चैत्र १७
बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । नेपाली चलचित्र, गीत संगीत तथा टेलि फिल्मको डिजिटल राइटस् खरिद गरि युट्युबमा राख्दै आएको युट्युब च्यानल बिहीबार ह्याक भएको हो ।  बुधबारसम्म सकुशल रहेको च्यानल अहिले युट्युबमा भेटिदैन ।

च्यानल ह्याक भएसँगै यसको नाम परिवर्तन गरिएको छ । भिडियोहरु युट्युबबाट हटाइएको छ । त्यसो त बुढासुब्बा डिजिटल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर पुनः फिर्ता ल्याइएको थियो । बुढासुब्बा डिजिटल ह्याक भएपनि यसका अन्य सहायक च्यानलहरु भने यथावत छन् ।

Kumari Bank
Aktor