Jwai Sap
Aktor

बुद्धि भन्छन् – ‘ज्वाइँ साब’ हेर्दा इन्जोय गर्ने ठाउँ प्रशस्त छ

२०८१ असोज २१
बुद्धि भन्छन् – ‘ज्वाइँ साब’ हेर्दा इन्जोय गर्ने ठाउँ प्रशस्त छ

कलाकार बुद्धि तामाङ अधिकांश चलचित्रमा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन् । चलचित्रमा साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता बाक्लै देखिन्छ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन् ।

बुद्धिका अनुसार दर्शकले चलचित्रमा उनलाई प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । बुद्धिको बुझाईमा चलचित्र भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिनु नै हो । ‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मजा लिन्छन् । म चलचित्र हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही यो चलचित्र हेर्छ भने इन्जोय गर्ने ठाउँ प्रशस्त छ । चलचित्रमा सामाजिक, मनछुने र हँसाउने कथा छ’, बुद्धि खुल्छन् ।

चलचित्रको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् । ‘यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न के के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ । तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’

बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला चलचित्र भन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन चलचित्र नै हेर्नुपर्ने हुन्छ’, बुद्धि भन्छन् ।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

Behuli From Meghauli