‘बुलाकी’को टिजर सार्वजनिक

नयाँ बर्ष ०८० को अबसरमा बैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर शुक्रबार सार्वजनीक गरिएको छ । झण्डै दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोहअबरोहलाई प्रस्तुत गरिएको छ ।
लक्ष्मण सुनार निर्देशीत चलचित्र टोपेन्द्र विष्टले निर्माण गरेका हुन । ‘फस्र्टलुक’ सँगै चर्चामा रहेको चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् भने उनीहरुको साथमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको चलचित्रमा शिब ढकालको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi