भिटेन गाए ‘छड्के २’को गीत

फागुन १९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द र संगीत रहेको छ ।
कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।
ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरलगायतका कलाकारको अभिनय रहेको छ ।
चितवन र मुस्ताङमा छायांकन चलचित्र काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको हो । निर्माण मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel