नायिका खोज्दै ‘प्रेमगीत ३’
चलचित्र ‘प्रेमगीत ३’ का लागि नायिकाको खोजी थालिएको छ । लभस्टारी चलचित्रमा मुख्य पात्र ‘प्रेम’ र ‘गीत’को रहने छ । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार ‘गीत’को भुमिकाका लागि अभिनेत्रीको खोजी थालिएको हो ।
निर्माण कम्पनी आशुसेन फिल्मस्का तर्फबाट निर्माता तथा निर्देशक सेनले जारी गरेको एक विज्ञप्तीमा ‘न्यूनतम ५ फिट २ इन्च देखि उच्चतम ५ फिट ७ इन्च सम्मको उचाईका १८ वर्ष पुरा भई २५ वर्ष नकटेका युवतीहरुले ‘गीत’को भुमिकमा लागि अडिसन दिन सक्ने उल्लेख गरिएको छ ।’ अघि थपिएको छ – ‘आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा filmsaasusen@gmail.com मा सम्पर्क गर्न सकिने छ । मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तस्बिर सहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ ।’
आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ । लभस्टोरी चलचित्रको कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ । चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । झण्डै एक वर्षदेखि स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा स्कृप्ट लक गरिने निर्माता सेनले जनाएका छन् । चैत २८ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रलाई सन्तोष सेनसँगै छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora