सबिन श्रेष्ठ अभिनित चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन, कमेडी जनरामा निर्माण गरिएको चलचित्रको ट्रेलर भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
जेठ १७ गतेदेखि प्रदर्शन हुने चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुलीलगायतका कलाकारको अभिनय रहेको छ ।
अर्नभ फिल्मस प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ‘ज्याक’ र भगवान खत्री निर्माताका रुपमा रहेका छन् । चलचित्रको कार्यकारी निर्माता भने अन्चिला केसी रहुने् । चलचित्रमा कथा तथा निर्देशन मदन घिमिरेको, पटकथा र संबाद भोजराज देवकोटाको, संगीत विकास चौधरीको, द्वन्द्व शंकर महर्जनको, नृत्य बिक्रम स्वारको, छायाँकन रामेश्वर हुमागाईको र सम्पादन नबिन निरौलाको रहेको छ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat