सेन्सर बोर्डमा तीन सदस्य खाली

चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा तीन सदस्य पद रिक्त भएको छ । बोर्डका सदस्यहरु निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुनमगरको कार्यकाल सकिएपछि तीन सदस्य पद खाली भएको हो । उनीहरु तिनै जनाको कार्यकाल चैत्र १८ गते सकिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्ती हुँदै आएको छ । दुई वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उनीहरुलाई सदस्यमा नियुक्त गरेकी थिइन ।
केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुर रहेका छन् । अध्यक्ष ठाकुरले कार्यकाल सकिएका सदस्यहरुलाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिदाई गरेका हुन् ।
यतिबेला नेकपा एमाले निकटका चलचित्रकर्मीहरु बोर्ड सदस्यको दौडमा रहेका छन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi