‘च च हुई’को दोस्रो गीत ‘जवानी’ सार्वजनिक

चलचित्र ‘च च हुई’को दोस्रो गीत ‘जवानी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा साम्तेन भुटिया र बिनय सापकोटाको शब्द, रोशन थापाको संगीत र रोशन र सुमन गुरुङको स्वर रहेको छ । आर्यन सिग्देल र एलिशा शर्मालाई फिचर्ड गरिएको गीत बालाजु स्थित एनएफडिसीको स्टुडियोमा भव्य सेट लगाएर छायाँकन गरिएको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
मंसीर ६ गते रिलिज हुने चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । एजिएल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा अमृत घले लामाको लगानी रहेको छ ।
चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । चलचित्रमा सुशन प्रजापतिको छायाँकन र साम्तेनकै सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi