लक्ष्मी बस्नेत अभिनित हिन्दी गीत ‘चेहरा’ सार्वजनिक

नेपाली अभिनेत्री तथा मोडल लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘चेहरा’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा राहुल देवको शब्द, संगीत र स्वर रहेको छ । आर स्वामीको निर्देशन रहेको भिडियोमा लक्ष्मीसँगै विशाल कपुरको अभिनय रहेको छ । निधी कपुर निर्माता र सन्दिप एस जैन सह–निर्माता रहेको भिडियोमा अजित गडेको कोरियोग्राफी र अजर शेखको छायाँकन रहेको छ ।
केही नेपाली चलचित्रमा अभिनय गरेकी लक्ष्मी नेपाली मोड्लिङ दुनियाकी लोकप्रिय मोडल हुन् । उनले पछिल्लो केही वर्ष देखि भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी छिन । यस अघि मुम्बईमा केही फेशन शोमा शो टपरका रुपमा समेत काम गरिसकेकी लक्ष्मीले ‘अम्ब्रान दे कागज’, ‘अगली डफा’, ‘तु रहने दे’लगायतका केही हिन्दी भिडियोमा पनि अभिनय गरेकी छिन ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi